बुटवल-लायन्स क्लब अफ बुटवल एसियनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका–८ स्थित जनता माविको परिसरमा विभिन्न फलफूलका बिरुवा रोपिएको हो।
लायन्स क्लब अफ बुटवल एसियनका अध्यक्ष सरिता गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पास्ट डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन पुरुषोत्तम प्रधानाङ्गले रचनात्मक कार्य गरेको भन्दै क्लबको प्रशंसा गर्नुभयो।विशिष्ट अतिथि क्लबका एरिया चिफ वैकुण्ठ श्रेष्ठले वृक्षारोपणजस्तो पवित्र कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो। विद्यालयमा वृक्षारोपणका लागि स्थान छनोट गरिएकोमा आभार व्यक्त गर्दै जनता माविका प्रधानाध्यापक आशा थापाले रोपिएका बिरुवाको संरक्षण गर्ने जिम्मेवारी विद्यालयको पनि रहेको बताउनुभयो। क्लबका चार्टर प्रेसिडेन्ट अनिता केसीले क्लबले आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
क्लबका सचिव सरस्वती पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रथम उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संयोजन पुष्पा रायमाझीले गर्नुभएको थियो।
प्रकाशित मिति : सोमबार, साउन ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्