आवश्यकताभन्दा धेरै ग्यास जगेडा नगर्न आग्रह

आवश्यकताभन्दा धेरै ग्यास जगेडा नगर्न आग्रह

काठमाण्डाै – नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा धेरै जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकै पटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।

सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन । उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको उहाँकाे भनाइ छ ।

सङ्घका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ । सामान्य अवस्थामा जति आवश्यक पर्थ्याे त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ ।

अहिले बजारमा १ करोड ५० लाख थान सिलिन्डर छन्  जसमध्ये ५० लाख ग्यास डिपोसँग छन् । सरकारले गएको फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरण शुरू गरेको थियो । अहिले नेपालमा ५९ वटा एलपी ग्यास उद्योग छन् ।

प्रकाशित मिति : सोमबार, साउन ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij