कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैजुको जन्मजयन्तीमा पुरस्कार, छात्रवृत्ति तथा शिक्षा अक्षयकोष

कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैजुको जन्मजयन्तीमा पुरस्कार, छात्रवृत्ति तथा शिक्षा अक्षयकोष

तिलोत्तमा, कर्मयोगी समाजसेवी गणेशमान सैंजुको ९४औं तथा समाजसेवी कृष्णप्यारी सैंजुको ९३ औं जन्मजयन्तीको अवसरमा शुक्रबार बुटवलमा भजनकीर्तन सहित विविध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा “एक युगको चिनारी” जीवनगाथामा आधारित वृत्तचित्र सार्वजनिक गर्नुका साथै १३औं गणेश – कृष्ण पुरस्कार वितरण, छात्रवृत्ति वितरण, विपन्न परिवारका बालबालिकाको शिक्षा अक्षयकोषका लागि सहयोग हस्तान्तरण गरिएको हो ।

 

विश्व हिन्दु महासंघ रुपन्देही, नवजागृति पुस्तकालय, श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाश्रम र गणेशमान कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान ट्रष्ट को संयुक्त आयोजनामा भएको हो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै।

समाजसेवी गणेशमान सैजुले समाज, शिक्षा र मानवीय सेवाका क्षेत्रमा पुर्याउनु भएको योगदानको महिमा शबदमा बयान गर्न नसकिने बताउनुभयो । उहाँले समाजका लागि निस्वार्थ सेवाभावले काम गर्ने व्यक्तिहरु भावी पुस्ताका लागि प्रेरणाका स्रोत हुने उल्लेख गर्दै सैजुको योगदानलाई संस्थागतरुपमा सर्धै बुटवलले सम्मान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई १३औ गणेशकृष्ण पुरस्कार प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा गण्डकी प्रदेश पोखरा का चिकित्सक डा। तरुण पौडेल, वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठ पांचथर, डा। नरेन्द्र बहादुर श्रेष्ठ काठमाडौं, साहित्यकार देवेन्द्र राज शाक्य बुटवल र ई। रोशन कुमार थापा काठमाडौं, रहनुभएको थियो ।

त्यसैगरी विपन्न तथा जेहन्दार विद्यार्थीलाई रु १० हजार ४ सय छात्रवृत्ति प्रदान गर्नुका साथै विपन्न बालबालिकाको शिक्षाका लागि स्थापना गरिएको अक्षयकोषमा रु २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको समाजसेवी एवं कार्यक्रम संचालन अनुपमान सैंजुले बताउनुभयो ।

कार्यक्रममा बिश्वहिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर श्रेष्ठ, सम्मानित व्यक्तित्वहरु डा. तरुण पौडेल, मधुरा प्रधान श्रेष्ठ, देवेन्द्रराज शाक्य,  कार्यक्रमका परिकल्पनाकार काजी रोशन श्रेष्ठ, रोशन कुमार थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा एकघण्टा भजनकीर्तन सहित स्वस्तीर्वाचन समेत गरिएको थियो। कर्मयोगी समाजसेवी गणेशमान कृष्णप्यारी सैजुको जन्मजयन्तीका अबसरमा भोलि बृद्धबृद्धाहरुलाई भोजन गराउने कार्यक्रम रहेको ट्रष्टका अनुमान सैंजु ले जानकारी गराउनु भयो।

प्रकाशित मिति : शुक्रबार, साउन १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij