बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन असोजमा

 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशन आगामी असोजमा हुने भएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा शुक्रबार संघमा बसेको कार्यसमिति बैठकले संघको ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशन आगामी असोज २१ गतेदेखि २३ गतेसम्म गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

बैठकमा कोषाध्यक्ष बसन्तप्रसाद ढकालले प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८३–०८४ को लागि आयव्यय स्वीकृत भएको छ । संघका कोषाध्यक्ष ढकाल संयोजक रहेको बजेट तर्जुमा समितिले निर्माण गरेको आयव्यय कोषाध्यक्ष ढकालले बैठकमा प्रस्तुत गरेका थिए ।

त्यसैगरी संघले सैनामैना र देवदहमा सञ्चालन स्वीकृति पाएको डि.जि.एम. परियोजना सञ्चालनका लागि सह–परियोजना व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । उक्त सह–परियोजना व्यवस्थापन समितिमा संघका अध्यक्ष हरिप्रसाद अर्याल, मलमला सामुदायिक बन उपभोक्ता समिति सैनामैनाका अध्यक्ष तुलसी पोखरेल, प्रगति सामुदायिक बन उपभोक्ता समिति देवदहका अध्यक्ष दुर्गाबहादुर राना, संघकी सहकोषाध्यक्ष धनकुमारी खनाल, कार्यसमिति सदस्य रेनु श्रेष्ठ, सुनिता शर्मा वञ्जाडे, विष्णु घिमिरे पन्त, कार्यकारी निर्देशक मदनकुमार कार्की र वरिष्ठ अधिकृत दोलबहादुर कुवँर रहेका छन् ।

त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको संयोजकत्वमा अनुगमन तथा मुल्यांकन उपसमिति, उद्योग उपाध्यक्ष सुरज भट्टराई र वािणज्य उपाध्यक्ष विमलराज भट्टराईको नेतृत्वमा उत्पादन उपसमिति, महासचिव मुक्तिप्रसाद अधिकारीको नेतृत्वमा खरिद उपसमिति तथा कोषाध्यक्ष बसन्तप्रसाद ढकालको नेतृत्वमा लेखा उपसमिति गठन गरिएको छ ।

बैठकमा बोल्दै संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले संघले उद्योगी व्यवसायीको हकहित तथा व्यवसायिक प्रवद्र्धन र यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले गरेको योगदान स्मरणीय रहेको बताउँदै यस क्षेत्रका औद्योगिक तथा व्यवसायिक प्रवद्र्धनका कार्यक्रम ल्याउन सुझाव दिए ।

संस्थापक अध्यक्षको शालिक निर्माण गरिने

बुटवल उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष स्व. पद्यचन्द्र श्रेष्ठको अर्धकदको शालिक निर्माण गरिने भएको छ । संस्थापक अध्यक्षको सम्मान र संघको समेत गरिमा बढाउनको लागि साधारण सभामा अनावरण गर्नेगरी संघ परिषरमा संस्थापक अध्यक्ष स्व. श्रेष्ठको अर्धकदको शालिक निर्माण गर्ने निर्णय गरिएको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका संघका अध्यक्ष अर्यालले बताए ।

२००९ सालमा तदर्थ समिति हुँदै २०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघमा संस्थापक अध्यक्ष स्व. पद्यचन्द्र श्रेष्ठले २०१६ सालसम्म अध्यक्ष भएर उद्योगी व्यवसायीको हकहित तथा यस क्षेत्रको औद्योगिक, व्यवसायिक, आर्थिक तथा सामाजिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी बैठकले संघका पूर्वअध्यक्षहरुको नाममा विभिन्न विषयगत अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । त्यसरी स्थापना गर्ने अक्षयकोषमा स्वयम् पूर्वअध्यक्ष वा पूर्वअध्यक्षहरुको परिवारबाट सहयोग उपलब्ध गराउन आह्वान गर्ने पनि निर्णय गरिएको महासचिव अधिकारीले बताए ।

प्रकाशित मिति : शुक्रबार, साउन २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij