कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनबाट ५ वटै प्रतिवेदन पारित

कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनबाट ५ वटै प्रतिवेदन पारित

?????????? ??????? ??????? ????????, ?? ????? ?????? ?????????? ???????? ????????? ??????? ????????? ????????? ?????? ??? ?????????? ??????? ???????? ??????? ????? ?????÷????

नेपाली कांग्रेसको संस्थापन इतर अर्थात् पूर्वसभापति शेरबहादुर देउवा पक्ष समूहले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत ५ वटै प्रतिवेदन परिमार्जनसहित पारित भएका छन् ।

इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर शुरू गरे पनि बन्दसत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ । अस्ति शुक्रवार शुरू भएको सम्मेलनअन्तर्गत हिजोको बन्दसत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत भएका थिए ।

सम्मेलनमा पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले साङ्गठनिक प्रस्ताव, एनपी साउदले समसामयिक नीति र विषयसम्बन्धी प्रस्ताव, डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीतिसम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधानसम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो ।

प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल भएको थियो । समूहका टोली नेताले ती प्रस्तावमा के–के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुका साथै प्रतिनिधिहरूबाट आएका धारणबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि प्रतिवेदनहरू परिमार्जनसहित पारित भएका हुन् ।

सम्मेलन आज सम्पन्न गर्ने तयारी छ । उद्घाटन समारोहमा सहभागी बन्नुभएका कांग्रेस पूर्वसभापति देउवा आजको बन्दसत्रमा पनि उपस्थित हुनुहुन्छ ।

प्रकाशित मिति : आइतबार, साउन ३१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij