प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल प्रतियोगिता : होराईजन जिबिएस, सरस्वती र नयाँगाउँ विजयी

प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल प्रतियोगिता : होराईजन जिबिएस, सरस्वती र नयाँगाउँ विजयी

बुटवल-  बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन् ।

सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. तथा ऊर्जा इन्टरप्राइजेज प्रा.लि मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा होराइजन जीबीएस स्कुल विजयी भएको छ । जिबिएसले सरस्वती माविलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

यसैगरि शुक्रबार नै भएको अर्को खेलमा नयागाउ माबिले देवदह ईगलिस बोर्डिङ स्कुललाई पराजित गरेको छ । नयाँगाउँले २–० गोल अन्तरले देवदहलाई पराजित गरेको हो । यस्तै तेस्रो खेलमा युगज्योती माबिले त्रिभुवन एकेडेमीलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत शुक्रबार ५ खेल हुने कार्यतालिका रहेपनि वर्षाका कारण तीन खेल मात्र सम्पन्न भएको आयोजकले जनाएका छन्।  बाँकी दुई खेल शनिबार हुनेछन् । खेलमा टेक बहादुर थापा, पदम बराल, जंगबहादुर थापा उत्कृष्ट उत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा विजेता हुने समूहले नगद ५१ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

पाँचौ दिनसम्म आइपुग्दा प्रतिस्पर्धा निकै रोमाञ्चक भइरहेको भन्दै यसले विद्यार्थीहरुमा नयाँ उर्जा प्रदान गरेको आयोजक ज्ञानपुञ्ज बोर्डिङ स्कूलका  प्राचार्य शंकर भण्डारीले बताए । बुटवल देविनगर स्थित एन्फा रंगशालामा खेल भइरहेको छ । दोस्रो चरणका खेल दिउँसो १ देखि ६ बजेसम्म समय तय गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij