रुपन्देही उद्योग संघमा घरेलु तथा साना उद्योग कार्यालयको टोलीद्वारा उद्योग नविकरण सम्पन्न 

रुपन्देही उद्योग संघमा घरेलु तथा साना उद्योग कार्यालयको टोलीद्वारा उद्योग नविकरण सम्पन्न 

तिलोत्तमा, रुपन्देही उद्योग संघको पहलमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको एक टोलीले रुपन्देहीमा दर्ता भएका विभिन्न प्रकृतिका उद्योगहरुको शनिबार संघको सचिवालयमा नविकरण सम्पन्न गरेको छ ।

रुपन्देहीमा दर्ता भई संचालन हुँदै आएका उद्योगहरुलाई नविकरणका लागि सहज होस् भन्ने हेतुले रुपन्देही उद्योग संघले उद्योग नविकरण टोली संघको कार्यालयमा बोलाई सो सुविधा उपलब्ध गराएको हो ।

शनिबार बिहान १० बजेदेखि नै शुरु भएको नविकरणको प्रक्रिया दिनभर नै उत्साहजनक चलेकोे थियो । बुटवलमै उद्योग नविकरण गर्ने अवसर प्रदान गर्नु भएकोमा उद्योगीहरुले रुपन्देही उद्योग संघलाई धन्यवाद दिएका छन् ।

उद्योगीहरुलाई नविकरण सेवा सहज वातावरणमा प्रदान गरेकोमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीलाई रुपन्देही उद्योग संघले विशेष आभार प्रकट गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालयबाट आएको निमित्त वरिष्ठ उद्योग अधिकृत लोक कुमार कार्कीको नेतृत्वको टोलीमा अधिकृत छैटौ लक्ष्मी प्रसाद दाहाल, कम्प्युटर अपरेटर भक्त बहादुर मगर,कार्यालय सहयोगि भरत कुमार चौधरी लगायतको सहभागिता रहेको थियो । संघले घरेलु तथा साना उद्योग कार्यालयको उद्योग नविकरणको सुविधा संघकै सचिवालयबाट निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्योगीहरुको सहजताका लागि संघले यस अघि लामो समयदेखि निरन्तर गर्दै आएको नवीकरण कार्यलाई निरन्तरता दिएको बताउनु भयो । प्रदेश सरकाले हाल प्रदान गरेको निःशुल्क उद्योग नविकरण र ७५ प्रतिशत जरिवाना छुट सुविधाले उद्योगीहरुलाई खुशि प्रदान गरेको छ ।

 

 

प्रकाशित मिति : आइतबार, भाद्र ७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij