तिलोत्तमा — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार २५ लाख रुपैयाँ नगरपालिकाको तर्फबाट उपलब्ध गराइनेछ। त्यस्तै, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको तीन दिन बराबरको सेवा–सुविधाबाट १५ लाख रुपैयाँ सहयोग गरिने तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो ।यससँगै बाढीपीडितका लागि तिलोत्तमा नगरपालिकाको कुल सहयोग ४० लाख रुपैयाँ पुगेको छ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। पछिल्लो विवरणअनुसार खोज तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्।
प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्