स्वच्छ बुटवलको अभियानमा नमस्ते टोल : विद्यालय परिसरमा सरसफाइ

स्वच्छ बुटवलको अभियानमा नमस्ते टोल : विद्यालय परिसरमा सरसफाइ

बुटवल – बुटवल उपमहानगरपालिका–१७ स्थित नमस्ते टोल विकास संस्थाले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

समितिले विभिन्न सामाजिक कार्यसँगै नियमित रूपमा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। सोही क्रममा आज मोतीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहयोगमा जनशक्ति नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा सरसफाइ गरिएको हो।

कार्यक्रममा विद्यालय परिसरमा रहेका प्लास्टिकजन्य तथा अन्य अजैविक फोहोर संकलन गरी व्यवस्थापन गर्नुका साथै विद्यालय परिसरको सरसफाइ गरिएको थियो।

विद्यालयका निवर्तमान अध्यक्ष टंक न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रममा बुटवल–१७ का जनप्रतिनिधि रामप्रसाद न्यौपानेलगायत स्थानीय युवा, सामाजिक अभियन्ता तथा विद्यालयसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको जनाइएको छ।

विद्यालय तथा सार्वजनिक स्थललाई स्वच्छ र सफा राख्न विद्यार्थी तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नमस्ते टोल विकास संस्थाकी अध्यक्ष सुनिता रास्कोटीले बताउनुभयो।

सफा तथा स्वस्थ नगर निर्माणको प्रयासस्वरूप मोतीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अगुवाइमा बुटवल उपमहानगरपालिका–१७, १८ र १९ का ३५ वटा टोलमा नियमित सरसफाइका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ।

प्रकाशित मिति : आइतबार, भाद्र २१ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij