अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज तर्फ

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज तर्फ

काठमाडौँ , राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा।सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा।अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज प्रस्थान गर्ने भएको छ। साथै मन्त्रालयको तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा।पवनजंग रायमाझी समेत छानबिनका लागि टोलीसँगै आजै राजविराज जाने भएका छन।

मन्त्रालयले अस्पताललाई घटनाका सम्बन्धमा स्पष्टीकरणसमेत सोधेको छ। घटनाको स्थलगत छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानूनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

घटनाबारे अस्पतालले समेत छुट्टै छानबिन समिति गठन गर्ने भएको छ। स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनाको गम्भीरतापूर्वक अध्ययन तथा आवश्यक छानबिन अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij