काठमान्डौँ –नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटकसम्म सारेर दिउँसो साढे २ बजेसम्म पुर्याइए पनि त्यसपछि पनि मतदान सुरु हुन सकेन ।
समयमै मतदान सुरु हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने नयाँ समय तय गरेको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ ।
यसअघि आजका लागि तोकिएको मतदानको समय पटक–पटक सारिए पनि निर्वाचन समितिले अन्तिम समयमा अर्को समय सार्वजनिक गरेको थिएन ।
निर्वाचन समितिले मतदानका लागि आवश्यक निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएकाले मतदान प्रक्रिया प्रभावित भएको जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्