राष्ट्रपति पाैडेलद्वारा २ वटा अध्यादेश जारी

राष्ट्रपति पाैडेलद्वारा २ वटा अध्यादेश जारी

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई वटा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्योदश २०८३ जारी गर्नुभएको हो ।

सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो । राष्ट्रपति पौडेलले यसअघि विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गर्नुभएको थियो ।

राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन् ।

प्रकाशित मिति : मंगलबार, असोज २७ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij