दशैँको बिदाका दिनमा पनि निगमले पेट्रोल पम्प खुला राख्ने

दशैँको बिदाका दिनमा पनि निगमले पेट्रोल पम्प खुला राख्ने

काठमाण्डौ – नेपाल आयल निगमले दशैँको सार्वजनिक बिदाका दिनमा पनि पेट्रोल पम्प खुला रहने जनाएको छ । निगमले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न प्रदेश तथा जिल्लामा सञ्चालित डिपो तथा पम्प आलोपालो खुला गरिने जनाएको हो ।

दशैँको टीकाको दिन र एकादशीका दिनबाहेक अरू सबै दिन डिपोहरू खुला रहनेछन् । काठमाण्डौको थानकोटमा रहेको निगमको पेट्रोलियम डिपो कात्तिक १, २, ६ र ७ गते खुला रहने निगमले जनाएको छ ।

त्यसैगरी, कोशी प्रदेशको विराटनगर डिपो कात्तिक २, ६ र ८ गते  खुला रहनेछ । मधेश प्रदेशको अमलेखगन्ज पेट्रोलियम डिपो १, २, ६ र ८ गते खुला रहनेछ ।

गण्डकी प्रदेशको पोखरामा कात्तिक १, २ र ६ गते, लुम्बिनी प्रदेशको भैरहवा डिपो कात्तिक १, २, ६ र ८ गते  तथा कर्णाली प्रदेशको सुर्खेत डिपो कात्तिक २ र ७  गते खुला रहने निगमले जनाएको छ ।

त्यसैगरी, सुदूरपश्चिम डिपो कात्तिक २ र ७ मा खुला रहने भएको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक १ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij