काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गरेका छन्।
लामिछानेले भ्रमणका क्रममा उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आध्यात्मिक तथा पारिवारिक भ्रमण सकेर लामिछाने कात्तिक ९ गते स्वदेश फर्किनेछन्।
उनको भ्रमणलाई सचिवालयले निजी तीर्थाटनका रूपमा उल्लेख गरेको छ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्