बुटवल
बुटवलको देवीनगरमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको ‘आमा नृत्य प्रतियोगिता’मा मेनुका राई प्रथम हुनु भएको छ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सातौं दिन बुधबार आयोजना गरिएको आमा नृत्य प्रतियोगितामा सहभागि १५ प्रतिस्पर्धीलाई पछाडी पार्दै राई प्रथम हुनु भएको हो ।
त्यस्तैगरी प्रतियोगितामा कल्पना डुम्रे ज्ञवाली द्वितीय, तृतीय सोनी थापा र सुस्मा पोखरेल सान्त्वना हुनु भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १० हजार, ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, लोक तथा सांस्कृति कार्यक्रम संयोजक टंकप्रसाद गैरे, आमा नृत्य प्रतियोगिताका संयोजक रमेश खनालले पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यस्तै बुधबार लोक गायक जीवन शर्मा, लोक दोहोरी गायक बद्रि पंगेनी, धनबहादुर गुरुङ्, निरु गुरुङ्, आधुनिक गायक पुष्पन प्रधान, अमित बराल, भ्वाईस अफ बुटवलका प्रतिस्पिर्धी कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै बुधबार नै भएको गाउँले प्रितम र शर्मिला टोली र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बिचको दोहोरी प्रतियोगितामा प्रदेश समति बिजयी भएको छ । त्यस्तै भोली बिहिबार जुनकीरी दोहोरी साँझ काठमाण्डौ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको बिचमा दोहोरी प्रतिस्पर्धा हुने छ भने लोक तथा दोहोरी गायक राजु परियार, सपना गाहा, बन्दना पाण्डे, रामप्रसाद पाण्डे, आधुनिकमा रितु कंडेल र भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती रहने छ ।
प्रकाशित मिति : बुधबार, पुष १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्