ब्राजिल – ब्राजिलले रुसमा आयोजना हुने विश्वकप फुटबल २०१८ का लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ।
प्रशिक्षक टिटेले चोटग्रस्ट स्ट्राइकर नेइमारलाई समेट्दै टोली छनोट गरेका हुन्। पेरिस सेन्ट जर्मेन (पिएसजी)का समेत स्ट्राइकर रहेका नेयमार हाल खुट्टाको शल्यक्रिया गराइरहेका छन्। नेइमार फेन्स लिग खेल्दा घाइते भएका थिए। उनी विश्वकपसम्म फिट हुने अपेक्षा गरिएको छ।
ब्राजिलीयन टोली
गोल किपरः एलिसन (रोमा), एडरसन (म्यानचेस्टर सिटी) र क्यासिओ ( कोरिनथियन्स)
डिफेन्डरः डेनिलो (म्यानचेस्टर सिटी), फ्यागनर ( कोरिनथियन्स), मार्सेलो (रियल मड्रिड), फिलिपे लुइस (एथ्लेटिको मड्रिड), थियागो सिल्भा (पिएसजी), मार्किन्योस (पिएसजी), मिरान्डा (इन्टर मिलान) र पेड्रो जेरोमेल (ग्रीमिओ)
मिडफिल्डरः क्यासिमिरो (रियल मड्रिड), फर्नान्डीन्हो (म्यानचेष्टर सिटी), पाउलीन्हो (बार्सिलोना), फ्रेड (सख्तर डोनेस्क), रेनाटो अगुस्टो (बेइजीङ ग्वान), फिलिपे कौटिन्हो (बार्सिलोना), विलियन (चेल्सी) र डग्लस कोस्टा (युभेन्टस)
स्ट्राइकरः नेइमार (पिएसजी), टाइसन (सख्तर डोनेस्क), ग्याब्रिएल जिसस (म्यानचेष्टर सिटी) र रोबर्टो फिरमिनो (लिभरपुल)
डानी आल्भेसले भने चोटका कारण टोलीमा स्थान बनाउन सकेनन्। ब्राजिल विश्वकप फुटबलको ‘समूह इ’ मा रहेको छ। ब्राजिलको समुहमा स्वीट्जरल्यान्ड, कोस्टारिका र सर्बिया छन। ब्राजिलले आफ्नो पहिलो खेल १७ जुनमा स्वीट्जरल्यान्डसँग खेल्नेछ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्