काठमाण्डौ , नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।
यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका हुन् ।
सुदूरपश्चिमले लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो । सुदूरपश्चिम यसअघिका दुई वटै संस्करणमा उपविजेता बनेको थियो । आजको खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ ।
यस्तै हार्ने टोलीले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउनेछ । इलिमिनेटरमा भोलि काठमाण्डौ गोर्खाज र चितवन राइनोज खेल्नेछन् । इलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ ।
यसपालि विराटनगर किङ्ग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिए । तेस्रो संस्करणको फाइनल खेल आउँदो शनिवार हुनेछ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्