समय र प्रविधिको विकाससँगै वन व्यवस्थापनको परम्परागत सोचमा परिवर्तन आवश्यक 

समय र प्रविधिको विकाससँगै वन व्यवस्थापनको परम्परागत सोचमा परिवर्तन आवश्यक 

तिलोत्तमा, लुम्बिनी प्रदेश वन निर्देशनालयका निमित्त प्रमुख जितेन्द्र सिंह खड्काले बदलिँदो समय र प्रविधिको विकाससँगै वन व्यवस्थापनको परम्परागत सोचमा समेत परिवर्तन आवश्यक रहेको बताउनुभएको छ।

रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको दशौँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको शपथ ग्रहण तथा पदस्थापन समारोह उहाँले वन संरक्षण, अनुगमन तथा व्यवस्थापनलाई आधुनिक प्रविधिमैत्री बनाउँदै वैज्ञानिक वन व्यवस्थापनको अवधारणालाई आत्मसात् गर्न नयाँ नेतृत्वलाई सुझाव दिनुभएको हो ।

वनको संरक्षण, संवद्र्धन र दिगो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासहित नवनिर्वाचित पदाधिकारी, ब्लक संयोजक तथा सदस्यहरूले आज पदभार ग्रहण गरेका छन्।

समारोहमा नवनिर्वाचित अध्यक्ष रविन्द्र बस्नेत, उपाध्यक्ष कमला ज्ञवाली, सचिव धनमाया शारु, कोषाध्यक्ष सुरेन्द्र बञ्जाडेसहित लेखा संयोजक चाणक्य अधिकारी, विभिन्न ब्लक संयोजक तथा पार्षदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै पद तथा गोपनीयताको शपथ गराइएको थियो।

नवनिर्वाचित अध्यक्ष रविन्द्र बस्नेतले सामुदायिक वनलाई थप व्यवस्थित, समृद्ध र हराभरा बनाउँदै वनको संरक्षण तथा विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले वनको दिगो व्यवस्थापनका लागि उपभोक्ता, सरोकारवाला निकाय र सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा निर्वाचन उपसमिति संयोजक खिमानन्द भट्टराई, टामलाल पाण्डे र खुमाकान्त पौडेल लगायतले निर्वाचन प्रक्रिया तथा नयाँ नेतृत्वको जिम्मेवारीबारे धारणा राख्नुभएको थियो। त्यसैगरी विभिन्न राजनीतिक दलका प्रतिनिधि, खानेपानी तथा सरसफाइ क्षेत्रका प्रमुख तथा प्रतिनिधि र छिमेकी सामुदायिक वनका अध्यक्षहरूले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै वन संरक्षण र उपभोक्ताको हितमा एकताबद्ध भएर काम गर्न आग्रह गरेका थिए।

सामुदायिक वन केवल काठ, दाउरा र वन पैदावारको स्रोत मात्र नभई जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय समुदायको समृद्धिसँग समेत जोडिएको महत्वपूर्ण सम्पत्ति हो। यस्तो अवस्थामा नयाँ नेतृत्वले वनको संरक्षणसँगै पारदर्शी व्यवस्थापन, प्रविधिको उपयोग र उपभोक्ताको सहभागितालाई कसरी प्रभावकारी बनाउँछ भन्ने चासोका साथ हेरिएको छ।

सो अवसरमा रास्वपा तिलोत्तमा सभापति रुस्तम कंडेल ,नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति नारायण ढकाल ,नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष मिन प्रसाद पोख्रेल ,नेकपा माओवादीका तिलोत्तमा नगर अध्यक्ष बेल प्रसाद पौडेल ,राष्ट्रिय जनमुक्ति पार्टी का तिलोत्तमा नगर अध्यक्ष राधिका श्रीष, बनबिहार तथा अनुसन्धान केन्द्र बनबाटिका का अध्यक्ष खिमलाल पाण्डे , करैया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिलाल पाण्डे लगायतले बोल्नुभएको थियो।

प्रकाशित मिति : आइतबार, कार्तिक २९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij