एनपिएल : कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखरा एभेन्जर्सको सिजनकै पहिलो जित

एनपिएल : कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखरा एभेन्जर्सको सिजनकै पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै पोखरा एभेन्जर्सले यस सिजनको पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा कर्णाली याक्सलाई पराजित गर्दै पोखरा एभेन्जर्सले जित हात पारेको छ ।

लगातार चार खेलमा पराजित भएको पोखराले यस सिजनकै सर्वाधिक योगफल बनाउँदै पहिलो जित निकाल्दै अंकको खाता समेत खोलेको छ । पोखराले ५ खेलबाट २ अंक जोडेको छ भन् कर्णाली ५ खेलबाट ४ अंकसहित छैटौं स्थानमा छ

उता सुरुवाती दुई खेल जितेर राम्रो सुरुवात गरेको कर्णालीको भने यो लगातार तेस्रो हार हो र यसले टोलीको प्लेअफ यात्रामा समेत धक्का लागेको छ । कर्णालीले अब साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजसँग खेल्न बाँकी छ ।

पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८।३ ओभरमा १५४ रनमा अलआउट भयो। कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए। अरिफुल इस्लामले २४, दिपक डुम्रेले २२ र कप्तान सोमपाल कामीले २१ रन बनाए।

कप्तान सोमपाल ‘अब्स्ट्रक्टिङ द फिल्ड’ (फिल्डिङमा बाधा पुर्‍याएको) आउट भए। सूर्य तामाङले १३ रन बनाए।

पोखराका लागि मेहदी हसनले तीन विकेट लिए। धनन्जय लक्षण, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१७ रनको योगफल तयार पारेको हो। जारी सिजन पहिलो पटक दुई सय रनमाथिको योगफल तयार पारेको थियो।

समग्रमा एनपीएलमा दुई सय रनको योगफल पूरा भएको तेस्रो हो। यसअघि दोस्रो सिजनमा विराटनगरले पोखराविरुद्ध २२० र पोखराले कर्णालीविरुद्ध २०१ रन बनाएको थियो।

पोखराका लागि युवराजले ४५ बलमा १० चौका र ६ छक्का सहयोगमा शतक पूरा गरेका हुन्। जारी एनपीएलमा बनेको यो पहिलो शतक हो। उनले ४८ बलमा १०२ रन बनाउँदा मार्क वाटको बलमा अरिफुल स्लामको बलमा क्याच आउट भए।

प्रकाशित मिति : सोमबार, कार्तिक २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij