अमेरिकी मध्यावधि चुनावको नतिजाअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनले संसद्का दुवै सदनमा आफ्नो स्पष्ट बहुमत गुमाएको छ ।
बीबीसीका अनुसार रिपब्लिकन पार्टीका सुरक्षित गढ मानिएका टेक्ससमा ३८ वर्ष र कन्सासमा ९४ वर्षपछि डेमोक्र्याट उम्मेदवारहरू सिनेटमा निर्वाचित हुँदै ऐतिहासिक जीत हात पारेका छन् ।
विश्लेषकहरूका अनुसार दुई वर्षअघि महँगी घटाउने वाचा गरेर सत्तामा फर्किएका ट्रम्पलाई अहिले त्यही आर्थिक दबावले घेरेको हो । बजारमा अस्वाभाविक मूल्यवृद्धि, जीवनयापनको उच्च लागत र इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भई बढेको इन्धनको मूल्यले अमेरिकी मतदाताहरूमा गम्भीर असन्तुष्टि पैदा गरेको थियो ।
यो पराजयपछि अमेरिकी संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति ट्रम्पको चार वर्षे कार्यकाल प्रभावित नभए पनि आउँदा दिनमा शासन सञ्चालन भने निकै कठिन हुनेछ ।
आउँदो जनवरीदेखि नयाँ संसद् शुरू भएपछि बजेट पास गर्न, नयाँ कानून बनाउन र नीतिगत निर्णय लिन ट्रम्पले विपक्षी डेमोक्र्याटहरूसँग सम्झौता गर्नुपर्नेछ ।
संसद्का दुवै सदनमा बहुमत हासिल गरेसँगै डेमोक्र्याटहरूलाई आउँदो सन् २०२८ को राष्ट्रपति चुनावका लागि नयाँ उत्साह मिलेको छ भने ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग दर्ता वा उहाँका नीतिहरूमा कडा निगरानी बढाउने बाटो समेत खुलेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी नतिजा स्वीकार गर्न आफू तयार रहेको भन्दै डेमोक्र्याटहरूसँग मिलेर काम गर्न तयार रहेको बताउनुभएको
प्रकाशित मिति : बुधबार, कार्तिक १८ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्