बुटवल- बुटवल उपमहानगरपालिका–१७ स्थित मनकामना टोल विकास संस्थाको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले चन्द्रबहादुर घर्ती मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
संस्थाको सामुदायिक भवनमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा तुलसीराम पाण्डे, सचिवमा होमनाथ थारु, सहसचिवमा रुपेस थारु र कोषाध्यक्षमा माला दलामी मगर चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा रामकुमार विक, कमला जैशी, बालकुमारी थापा र शिव दंगोरिया थारु चयन भएको निर्वाचन संयोजक सुनिता रास्कोटी मगरले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका–१७ का वडा अध्यक्ष ज्ञानबहादुर रेस्मीले टोल विकास संस्थाहरू स्थानीय विकासका महत्वपूर्ण साझेदार भएको बताउनुभयो। उहाँले टोलको विकास, सरसफाइ, सामाजिक एकता र स्थानीय समस्या समाधानका लागि टोलवासीको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै वडा कार्यालय र टोल विकास संस्थाबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो।
साधारणसभामा संस्थाका अध्यक्ष कालिका देवी पन्थ क्षेत्रीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुजाता शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।
कार्यक्रममा मोहम्मद अजमेरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन संस्थाका सचिव सुन्दर थापाले गर्नुभएको थियो। कार्यक्रममा टोलवासी तथा संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो।
नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर घर्ती मगरले टोलको समग्र विकास, सरसफाइ तथा सामाजिक एकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। उहाँले टोलवासीको साझा समस्या पहिचान गरी समाधानका लागि वडा कार्यालयसँग समन्वय गर्ने, सामुदायिक गतिविधिलाई सक्रिय बनाउने तथा संस्थालाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, टोलको विकासमा सबै टोलवासीको साथ र सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
प्रकाशित मिति : आइतबार, कार्तिक १५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्