एनपीएल : सुदूरपश्चिममाथि लुम्बिनीको रबाफिलो जित

एनपीएल : सुदूरपश्चिममाथि लुम्बिनीको रबाफिलो जित

काठमाण्डौ – साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा विजयी शुरुवात गरेको छ । आज टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका डार्सी सर्टले ४० र आशिफ शेखले ३२ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए ।

एनपीएलमा भोलि दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किंग्सबीच हुनेछ भने बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij