पत्रकारमाथिको धरपकड शाही शासनको झल्को भन्दै सर्वत्र विरोध

पत्रकारमाथिको धरपकड शाही शासनको झल्को भन्दै सर्वत्र विरोध

काठमाण्डौ

प्रहरीले समाचारको विषयलाई लिएर हिजो विभिन्न सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गरेको छ । पत्रकारमाथि भएको धरपकडलाई लिएर सत्तारूढ रास्वपासहित विभिन्न राजनीतिक दल, पत्रकार सम्बद्ध संघसंस्था र नागरिक समाजले विरोध गरेका छन् ।

प्रहरीले पत्रकारमाथि हिजो गरेको गतिविधि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि सञ्चारमाध्यममाथि गरेको नियन्त्रणलाई सम्झाउने किसिमको भएको धेरैको टिप्पणी छ ।

सबैतिरबाट विरोध भएपछि पक्राउ परेका सबै पत्रकारलाई सोधपुछ गरेर हिजै छाडिएको छ । केही पत्रकारलाई प्रहरीको साइबर ब्यूरोमा बोलाइएको थियो । पत्रकारलाई समाचारको आधार, तथ्य, प्रमाण र स्रोतबारे सोधिएको थियो ।

केही दिनअघिदेखि बिचौलिया इनम सापकोटासँग प्रहरी प्रमुखदेखि प्रधानन्यायाधीश, न्यायाधीश, सांसदसम्मको नाम जोडिएको भन्दै सञ्चारमाध्यममा खबर सार्वजनिक भएपछि समाचारको स्रोत खोज्न भन्दै पत्रकारमाथि धरपकड भएको हो

नेपाल पत्रकार महासंघले पत्रकार पक्राउको निन्दा गर्दै यसलाई प्रेस स्वतन्त्रविरोधी कार्य भनेको छ । समाचार कक्षमा प्रवेश गरेर सादा पोसाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालको आकस्मिक बैठकले समेत आपत्ति जनाएको छ

सञ्चारमाध्यममा भएको धरपकडका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने आफूहरूलाई जानकारी नभएको दाबी गरेको छ

साढे तीन महिनाअघि काठमाण्डौका तीन प्रमुख सञ्चारगृहका प्रवेशद्वारमा एकै समयमा शंकास्पद गाडी राखेर पत्रकारको आवागमन अवरुद्ध गरिएको थियो

प्रकाशित मिति : शनिबार, कार्तिक १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij