नवलपरासी , ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ।नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा ट्रकको ठक्करबाट पत्रकार पोखरेलको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो करिब १२: १० बजे बुटवल हुँदै पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकलमा सवार पोखरेललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१३ भलवारीका पोखरेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइएकोमा चिकित्सकले दिउँसो १२स्२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
पोखरेल रुपन्देहीमा पत्रकारितामा सक्रिय थिए। उनले अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए।
दुर्घटनापछि प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्