बुटवल , नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ रुपन्देहीको आयोजनामा एक दिवसीय माइन्युट लेखन तथा प्रभावकारी बैठक सन्चालन बिधि बिषयक तालिम सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य राम बहादुर कार्कीले वडालाई स्थानीय निकायको चुनावमा जिताउने अभियानमा आजै देखि लाग्न आग्रह गर्नुभयो।
कार्यक्रममा प्रदेश सभाका प्रमुख सचेतक जमुना ढकालले १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको राष्ट्रिय राजनीतिमा सान्दर्भिकता बढ्दै गएकाले अब वडा देखि नै सबैले संगठन बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो।
महाधिवेशन प्रतिनिधि प्रकाश रानाले जब सम्म स्थानीय निकायको निर्वाचनमा आफ्नो स्थान सुरक्षित नहुँदा सम्म पार्टी मजबुत हुन नसक्ने भएको हुँदा वडाका नव निर्वाचित अध्यक्ष तथा सचिवले त्यसको गृहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । सो अवसरमा नेपाली काँग्रेसका नेता बिमलराज पोख्रेल,राजु पौडेल लगायत ले बोल्नुभएको थियो।
कार्यक्रममा प्रशिक्षक मनोज भट्टराई ले सहजिकरण गर्नुभएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव छायां पोख्रेल को संचालनमा सम्पन्न भएको हो।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १३ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्