शिद्धबाबामा भएको सडक दुर्घट्नामा एक जनाको ज्यान गयो एक जना घाइते

शिद्धबाबामा भएको सडक दुर्घट्नामा एक जनाको ज्यान गयो एक जना घाइते

बुटवल , पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । सोमबार साँझ अन्दाजी ५ः१५ बजे पाल्पा तिनाउ ३ माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी दुर्घटनाबाट गुल्मी धुर्कोट ४ जैसीथोककी ३७ वर्षिया माँया कुवँरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गुल्मी देखि पाल्पा हुँदै बुटवल तर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोहि दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिँदा स्कुटरमा सवार गुल्मी धुर्कोट ४ जैसीथोककी माँया कुवँर र स्कुटर चालक गुल्मी ईस्मा ४ की ३६ वर्षिया केशरी कुवँर घाईते भएकोमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा माँया कुवँरको मृत्यु भएको हो ।

स्कुटर चालक केशरी कुवँर सामान्य घाईते भएकी छन् भने बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij