देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष

देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष

 

काठमाडौं । नेपाल प्रहरीले दसैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वलक्षित गरी देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ । चाडबाडका बेला हुन सक्ने सम्भावितp आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा तथा दुर्घटना न्यूनीकरणका निम्ति सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख सहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो ।

चाडपर्व मनाउन घर फर्कने नागरिकलाई ठगी, लुटपाट तथा अरू आपराधिक क्रियाकलापबाट जोगाउन देशभरका सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रहरी प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेले जानकारी दिए ।

उक्त सहायता कक्षहरूबाट २४ सै घण्टा नागरिकलाई सेवा तथा सुरक्षा सहजीकरण प्रदान भइरहेको छ । “दसैँ मनाउन सीमापारिबाट आउने नागरिकलाई लुटपाट, ठगी तथा आपराधिक गतिविधिबाट जोगाउन र आवश्यक प्रहरी सेवा सहज रूपमा उपलब्ध गराउन यी कक्षहरू सञ्चालनमा छन्,” उनले भने ।

सुरक्षा व्यवस्थालाई व्यवस्थित र चुस्त बनाउन प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र सबै जिल्ला प्रहरी कार्यालयहरूमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको उनले बताए ।

“दसैँ, तिहार, छठ तथा नेपाल संवत्का अवसरमा सुरक्षा व्यवस्था मिलाउन ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको छ,” उनले भने, “प्रदेश, उपत्यका तथा जिल्ला प्रहरी कार्यालयमा कमान्ड सेन्टर स्थापना गरी सुरक्षा योजना कार्यान्वयन भइरहेको छ ।”

चाडपर्वका समयमा राजमार्गहरूमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सूचनामा आधारित विशेष जाँच प्रणाली लागु गरेको छ । विशेष गरी काठमाडौंको नागढुंगा हुँदै चितवन जोड्ने सडकखण्ड र प्रमुख लोकमार्गहरूमा निगरानी तीव्र पारिएको काफ्लेले बताए ।

यात्रुवाहक सवारीसाधन छुट्ने प्रमुख प्रस्थानविन्दुहरूमा नै चालकको अनुमतिपत्र, लागुपदार्थ सेवन (लापसे) तथा मादकपदार्थ सेवन (मापसे) को कडा जाँच सुरु गरिएको छ । साथै, यातायात व्यवस्था कार्यालय तथा प्राविधिक निकायहरूसँग समन्वय गरी गाडीको यान्त्रिक परीक्षण (मेकानिकल टेस्ट) गरेर मात्र लामो दूरीका सवारीसाधनलाई प्रस्थान अनुमति दिने व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले बताए ।

लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने कानुनी प्रावधानलाई कडाइका साथ कार्यान्वयन गराउन ट्राफिक प्रहरी सक्रिय रहेको प्रवक्ता काफ्लेले जानकारी दिए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : बुधबार, कार्तिक ५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij