काठमाण्डौ – दशैँको महानवमीका दिन आज देशका धेरै ठाउँमा मौसम सफा छ । आज तराईमा बिहानपख केही ठाउँमा हुस्सु/कुहिरो लागेपनि बिस्तारै हट्ने र दिनभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै हिमाली र पहाडी भागमा बिहान आंशिक बादल लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद्काअनुसार आज जस्तै भोलि दशैँको टीकाको मुख्य दिन पनि देशका धेरै ठाउँमा मौसम सफा रहनेछ । यसअघि महाशाखाले विशेष बुलेटिनमार्फत् पनि दशैँको मुख्य दिन मौसम घमाइलो हुने जनाएको थियो ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । देशका बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ ।
हिमाली तथा पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ
प्रकाशित मिति : मंगलबार, कार्तिक ४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्