मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

कपिलवस्तु , कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीया जलिया थारू रहेकी छन् ।

आज बिहान वाणगंगा नगरपालिका –०१ बस्ने ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको लु १ ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्री वाणगंगा नगरपालिका –०४, गजेहडा बस्ने जलिया थारूलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएकी थारूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij