जितका लागि १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको कर्णालीले उक्त लक्ष्य जोगाउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको मध्यम स्कोर खडा गरेको थियो।
जवाफमा जनकपुर ३ बल बाँकी हुँदै १ सय १३ रनमा अलआउट भयो। जनकपुरका लागि मयन यादवले १४ रन बनाउँदा अभिषेक तिवारीले २० तथा हर्मित सिंह र मोइन अलीले १९-१९ रन बनाए।
त्यस्तै जेम्मी निसमले १५ रन बनाउँदा अनिल साहले ११ रन बनाए। जनकपुरलाइ सस्तैमा समेट्ने क्रममा हुसेन तलाट र युनिस ठाकुरले ३-३ विकेट लिंदा नन्दन यादवले २ तथा सोमपाल कामीले १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीका लागि बंगलादेशी ब्याटर अरिफुल इस्लामले ४३ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक दिपक डुम्रेले १३ रन बनाउँदा पवन सर्राफले ३७ रन बनाए। थप दोहोरो स्कोरका रुपमा गुल्सन झाले १२ रन बनाएका थिए।
कर्णालीलाइ मध्यम स्कोरमा समेट्ने क्रममा हर्मित सिंहले ३ विकेट लिंदा मोइन अली र राहुल यादवले २-२ विकेट लिए।
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्