विभिन्न मुद्दामा सजाय तथा जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा सजाय तथा जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

तिलोत्तमा, रुपन्देही प्रहरीले अदालतबाट विभिन्न मुद्दामा सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेहरूमा चोरी मुद्दाका आकाश यादव, बैंकिङ कसुर मुद्दाका रिन्कु यादव, ओमप्रकाश चौधरी र अब्दुल रहमान धुनिया, अभद्र व्यवहार मुद्दाका राजन कार्की, डाँकाचोरी मुद्दाका सोमुकानु बनिया तथा लागूऔषध मुद्दाका विपिन मिश्र रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका आकाश यादवलाई दुई महिना कैद र १० हजार रुपैयाँ जरिवाना, मिल्कु यादवलाई १० दिन कैद र एक लाख ३० हजार रुपैयाँ जरिवाना, राजन कार्कीलाई सात हजार रुपैयाँ जरिवाना तथा सोमुकानु बनियालाई चार महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यस्तै, विपिन मिश्रलाई एक वर्ष कैद, ओमप्रकाश चौधरीलाई १५ दिन कैद र चार लाख रुपैयाँ जरिवाना तथा अब्दुल रहमान धुनियालाई १५ दिन कैद र चार लाख रुपैयाँ जरिवाना हुने गरी अदालतबाट फैसला भएको थियो।

पक्राउ परेका सातै जनालाई फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक चन्द्र किशोर शाहका अनुसार पक्राउ परेका प्रतिवादीहरू जिल्लाका रोहिणी, लुम्बिनी सांस्कृतिक, सैनामैना, सियारी, मायादेवी र कोटहीमाई क्षेत्रका विभिन्न स्थानका बासिन्दा हुन्।

अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij