काठमाण्डौ – आउँदो मंगबारदेखि देशका केही भागमा पानी पर्न सक्ने सम्भावना छ ।
पानी पर्ने भए पनि त्रसित हुन नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा अहिले वर्षाबारे त्रसित हुने गरी हल्ला फैलिएका तर केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको जानकारी दिनुभएको छ ।
१० गते मंगलबारदेखि वर्षा हुन सक्ने भए पनि कुन ठाउँमा कति र कहिलेसम्म वर्षा हुन सक्छ भन्ने अहिलेसम्म यकिन भई नसकेको महाशाखाले जनाएको छ । महाशाखाले छिट्टै यसबारे आधिकारिक सूचना र विश्लेषण दिने जानकारी दिएको छ । पानी पर्न सक्ने क्षेत्रका किसानलाई विशेष गरी मुख्यबाली धान भित्र्याउन त्यसैअनुसार पूर्व तयारी र सावधानी अपनाउन सूचित गरिने भएको छ ।
महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक÷दुई ठाउँमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
देशका अन्य हिमाली तथा पहाडी भागमा आंशिक बदली रहने र तराईमा भने आजको मौसम सफा रहने अनुमान छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्