बुटवलबाट अटो रिक्सा चोरी गर्ने गिरोहका ५ जना पक्राउ

बुटवलबाट अटो रिक्सा चोरी गर्ने गिरोहका ५ जना पक्राउ

बुटवल । बुटवलबाट अटो रिक्सा चोरी गर्ने कार्यमा संलग्न गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल र यस आसपासबाट अटो रिक्सा चोरी हुने र फेला नपर्ने घटना हुन थालेपछि प्रहरीले त्यसविरुद्ध सजकता अपनाएको थियो ।

पछिल्लो चोरीको घटना लगत्तै पिछा गर्दै गएको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चोरी गरेको रिक्सा काट्दै गरेको अवस्थामा फेला पार्दै संलग्न ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गुल्मी धुर्कोट गाउँपालिका वडा नं. ७ घर भई हाल बुटवल उप-महानगरपालिका वडा नं. १ बस्ने २० वर्षिय बाबुराम नेपाली, धुर्कोट गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ११ बस्ने ३३ वर्षिय रमेश नेपाली, गुल्मी ईश्मा गाउँपालिका वडा नं. १घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने ३३ वर्षिय बाबुराम थापा, गुल्मी मदाने गाउँपालिकावडा नं. ३ घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ११ बस्ने २५ वर्षिय बिर बहादुरनेपाली र गुल्मी रेसुङ्गानगरपालिका वडा नं. ५ घर भई हाल जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं. ११ बस्ने २३ वर्षिय दिपक खनाल रहेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगर स्थित घरअगाडी पार्किंङ गरी राखेको लु १ ह १७९८ नम्बरको अटो रिक्सा हराएकोमा इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ बर्माडाडा स्थितमा ग्रेन्डरले काट्दै गरेको अवस्थामा उक्त नम्बरको अटो रिक्सा फेला पारेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरिएका पाँचै जनालाई चोरी कसूरमा ५ दिनको म्याद लिएर थप आवश्यक अनुसन्धान कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij