तीन तहका सरकारले सिलाइ व्यवसायीलाई बेवास्ता गरेको गुनासो

तीन तहका सरकारले सिलाइ व्यवसायीलाई बेवास्ता गरेको गुनासो

पेसा संकटमा परेको भन्दै व्यवसायीहरूको चिन्ता

बुटवल-नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, रूपन्देही अन्तर्गतको बुटवल नगर समितिको सातौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन होटल मेरिगोल्ड, सुख्खानगर, बुटवल–८ मा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवि अर्यालले बुटवल उपमहानगरले सिपयुक्त स्वरोजगार व्यवसायीहरूलाई प्रवर्द्धनका लागि लगातार सहयोग गर्दै आएको बताउनुभयो। उहाँले व्यवसायी प्रवर्द्धनका निमित्त आगामी दिनमा पनि सहयोग गर्न उपमहानगर तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि के-कस्ता काम गर्ने हो स्पष्ट खुलाएर प्रपोजल ल्याउन व्यवसायीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रमका अध्यक्ष बुटवल उपमहानगर अध्यक्ष राजेन्द्र प्रसाद यादवले स्थानीयस्तरमा हजारौँ नागरिकलाई रोजगारी र स्वरोजगार बनाउने सिलाइ पेसाको संरक्षणका लागि संस्थागत रूपमा पहल भइरहेको बताउनुभयो। उहाले विद्यालय मा भएको सिन्डिकेटले ब्यवसायि धरासायि हुदै जादा समेत तिनैतहका सरकार मौन बसेको भन्दै यस्तै अवस्था भए आफुहरू आन्दोलन को आधिबेरि सिर्जना गर्ने बताउनु भयो ।
यसैगरी, विशिष्ट अतिथि व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामकुमार रणपालले हजारौँको संख्यामा रहेका स्वरोजगार सिलाइ व्यवसायीहरूलाई तीनै तहका सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो। राज्यको उदासीनता र उचित नीतिको अभावका कारण व्यवसायीहरूको पेसा नै संकटमा पर्दै गएको भन्दै उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभयो। कार्यक्रम मा सुभाष परियारले ब्यवसायिकाे समस्या समाधानका लागि सवै ब्यवसायि एकहुनु पर्ने बताउनु भयाे । उहाले केही ब्यक्ति हरूले ब्यवसायिहरू लाई भर्मित पारेर गतल काम गरेकाले तेस्ता ब्यक्ति लाई ब्यवसायिले पहिचान गर्नुपर्ने बताउनु भयाे ।
त्यस्तै, जिल्ला अध्यक्ष तुल्सी भण्डारीले कठिन परिश्रमका बावजुद पनि सिलाइ व्यवसायीहरूले राज्यबाट पाउनुपर्ने उचित मूल्याङ्कन र प्रोत्साहन नपाएको उल्लेख गर्दै व्यवसायीहरूको हकहितका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
अधिवेशनमा सहभागी व्यवसायीहरूले स्वरोजगार सिलाइ व्यवसायीका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने माग राखेका थिए। कार्यक्रम मा संस्था लाइ सहयोग गर्ने ब्यक्ति हरूलाइ सम्मान गरिएको थियो । कार्यक्रमकाे संचालन सुसिन दिशा मगरले गर्नुभएको थियाे ।

प्रकाशित मिति : शनिबार, कार्तिक १४ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij