काठमाण्डौ – शुक्रबारदेखि परेको अविरल वर्षाका कारण काठमाण्डौ उपत्यकासहित देशैभरको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
लगातारको झरीले सडक आवागमन, आन्तरिक हवाई उडान तथा नागरिकका दैनिक कामकाजमा बाधा पुर्याएको छ भने प्रमुख नदी तथा खोलाहरूमा पानीको बहाव उच्च बढेको छ । काठमाण्डौ उपत्यकामा बागमती, विष्णुमती, धोबीखोला र मनोहरालगायतका नदीको जलसतह बढेपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
लगातारको वर्षाले पहाडी भेगमा पहिरो र तराईका क्षेत्रमा डुबानको खतरा बढेको छ । राष्ट्रिय राजमार्गका विभिन्न खण्डमा पहिरो खस्न सक्ने भएकाले लामो दूरीका यात्रुहरूलाई मौसमको पूर्वजानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । मौसमविद्हरूका अनुसार वर्षा गराउने प्रणाली क्रमशः कमजोर हुँदै गएको छ ।
जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायका अनुसार शुक्रबार बेलुकादेखि नै धेरैजसो क्षेत्रमा वर्षा रोकिएर रातिसम्म बादल हट्ने र भोलि (आइतबार) बिहानदेखि उज्यालो घाम लाग्ने सम्भावना छ । तर, कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, गौरीशंकर, लाङटाङ, गणेश, मनासलु, अन्नपूर्ण र धौलागिरि–गुर्जा हिमाली क्षेत्रका दक्षिणी मोहडाका उपत्यका तथा खोँचहरूमा भने भोलि बिहानसम्मै वर्षा र हिमपातको सम्भावना कायम छ ।
यसैगरी, गण्डकी तथा कोशी जलाधार क्षेत्रका ससाना नदीहरूमा बाढीको जोखिम भोलि बिहानसम्मै रहने भएकाले विशेष सतर्कता अपनाउन मौसमविदले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन् ।
प्रकाशित मिति : शनिबार, कार्तिक १४ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्