नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने

नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने

 

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबार (कात्तिक १५)देखि सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ मा सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनानुसार शुल्क निर्धारण गरेको हो

सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क संकलन गर्न लागिएको आयोजनाले जनाएको छ । नेपाल राजपत्रमा ०८२ चैत २६ गते प्रकाशित सूचनाबमोजिम शुल्क निर्धारण गरिएको हो ।

आयोजनाले सार्वजनिक गरेको शुल्कदरअनुसार काठमाडौं प्रवेश गर्ने र यहाँबाट बाहिरिने सवारीसाधनका निम्ति फरक–फरक दर तोकिएको छ ।

कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अरू हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र यहाँबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

मिनिबस तथा मिनिटिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका निम्ति काठमाडौं प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

मल्टी एक्सल ट्रक तथा सवारीसाधन र भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० र यहाँबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।

प्रकाशित मिति : आइतबार, कार्तिक १५ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij