लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध आन्दोलन गर्दै आएका लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध आन्दोलन गर्दै आएका लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ

बुटवल । लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त भएपछि त्यसको विरोधमा आन्दोलन गर्दै आएको महाअभियानका संयोजक खानलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-६ स्थित सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी नियन्त्रणमा पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का ६१ वर्षीय खान र वडा नम्बर ९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमान रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

यता, महाअभियानका सहसंयोजक रामविकास चौधरीले भने खानलाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । खानलाई नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाउँदै महाअभियानले सरकारको कदमको भर्त्सना गरेको छ ।

आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले विरोधस्वरूप चरणबद्ध आन्दोलन गर्दै आएको छ । संयोजक खानमाथि गरिएको धरपकडको विरोध गर्दै अभियानले उनलाई निःसर्त रिहा गर्न माग गरेको छ

प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij