एआईजी मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय

एआईजी मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो । केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन् ।

मन्त्रिपरिषद् स्रोतका अनुसार वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ

यसअघि सरकारले अच्युतकृष्ण खरेललाई आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । तर, दरबन्दी नै नभएको स्थानमा सरुवा गरिएको भन्दै खरेल त्यहाँ हाजिर हुन गएनन् । उनी सरुवाको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्च अदालतबाट मुद्दा जितेपछि खरेल पुनः आईजीपी बनेका थिए । त्यसअघि सरकारले खरेललाई हटाएर ध्रुवबहादुर प्रधानलाई आईजीपी नियुक्त गरेको थियो । खरेल पुनः आईजीपी भएपछि प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको थियो

यसैगरी, सरकारले रमेश चन्द ठकुरीलाई पनि सुरक्षा सल्लाहकारको जिम्मेवारीमा सरुवा गरेको थियो । सुडान घोटाला प्रकरणमा मुछिएपछि उनलाई सुरक्षा सल्लाहकारमा सरुवा गरिएको थियो । त्यसपछि उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई आईजीपी नियुक्त गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, कार्तिक १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij