काठमाण्डौ – आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदैछ ।
देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिना अर्थात् १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सरकारले राष्ट्रिय कार्यक्रम गर्दै आएको छ ।
पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए पनि यस वर्ष दशैँको सार्वजनिक बिदा परेकाले मिति परिवर्तन गरी आज र भोलि खुवाउन लागिएको हो । नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम यस वर्ष पहिलो चरणको कार्यक्रम २ हप्ता पर धकेलिएको हो
सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत दोस्रो चरणको कार्यक्रम भने वैशाख ६ र ७ गते हुने गरेको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १७ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्