बुटवल, नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतको न्यायाधीश लाई धम्कि दिएको, सुरक्षा निकायका प्रमुखहरुलाई दिएको धम्की जस्ता कुराले देश कहाँ जाँदैछ भन्ने मूल प्रश्न सिर्जना भएको बताएका छन् । साथै उनले देश कस्ले चलाइरहेको छ भनेर प्रश्न गरेका छन् ।
बालेन्द्र शाह रास्वपाबाट निर्वाचित भएर प्रधानमन्त्री भएको बताउँदै स्वयम् रास्वपा पनि सन्तुष्ट नभएकाले सरकारको नियत नै ठीक नभएको र सरकार कस्ले चलाइरहेको छ भन्ने प्रश्न उब्जिएको बताएका हुन्।
प्रेस चौतारी नेपाल रुपन्देहीले सोमबार आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्री, दल, संसद र नागरिक कसै प्रति पनि जवाफदेही नभएको बताए । उनले सरकार, संसद, राज्यका संयन्त्रहरु भएपनि त्यसलाई निष्कृय बनाउन खोजिएको बताए ।
उनले पत्रकार र सञ्चार गृहमाथिको धरपकड संविधान विपरित भएकाले यसबारे सरकार बोल्नुपर्ने बताए । ‘छानविन गर्ने कुरा एउटा हो तर, सरकारको नियत नै ठिक छैन‘ उनले भने ।
उनले इमान सापकोटाको प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाहले नै प्रयोग गरेको हुनसक्ने आशंका गरे । झापामा प्रधानमन्त्री शाहको चुनावी प्रचारमा खटिएको व्यक्तिले राज्यका निकायलाई असफ बनाउन प्रयोग गरिएको त होईन भन्ने शंका उब्जाएको उनले बताए ।
पोखरेलले रास्वपा समेत खुशी नभएको अवस्थामा सरकार बाहिरी शक्तिको खैलौना भएको हुनसक्ने आशंका गरे । भूराजनीतिक अवस्थाले नेपाल इतिहासकै कठिन मोडमा आइपुगेको बताए । सरकारको कार्यशैली नसच्चिए मुलुक थप संकटमा फस्ने उनले बताए ।
उनले विद्यार्थी संगठनका गतिविधिमा प्रतिबन्ध लगाउने, विश्वविद्यालयमा विद्यार्थी युनियनका अधिकार नियन्त्रण गर्ने तथा सञ्चारगृहबाटै पत्रकार पक्राउ गर्ने र सञ्चारकर्मीलाई धम्क्याउने काम भइरहेको आरोप लगाए। यस्ता गतिविधिले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको उनको भनाइ थियो।
सरकारले सुशासनको नारा दिए पनि सार्वजनिक खरिद प्रक्रिया र संवैधानिक निकायमाथिको सरकारको व्यवहारमा प्रश्न उठेको पोखरेलले बताए। पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको र सुनकोशी–मरिण डाइभर्सन आयोजनाका अधिकारीलाई दबाब दिएर ठेक्का प्रक्रिया खारेज गर्न खोजिएको भन्दै उनले विपद् व्यवस्थापनमा पनि सरकार जिम्मेवार नदेखिएको पोखरेलको आरोप लगाएका छन् ।
बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट नागरिक प्रभावित भइरहँदा राज्यको उपस्थिति प्रभावकारी रूपमा अनुभूति हुन नसकेको भन्दै उनले विगतमा भूकम्प, कोभिड महामारी र अन्य विपद्का बेला राज्यले खेलेको भूमिकाको तुलनामा अहिलेको सरकार कमजोर देखिएको बताएका छन्।
निजामती सेवाको उमेर हद घटाउने प्रस्तावले कर्मचारी प्रशासन र सुरक्षा निकायमा गरिएको हस्तक्षेपले सरकार फांसीवाद तर्फ लागेको बताए । पोखरेलले संविधान निर्माणमा भूमिका खेलेका एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीहरूलाई एकजुट हुन आह्वान गरे । विगतमा राजनीतिक दलहरू एकताबद्ध भएर लोकतान्त्रिक आन्दोलन सफल बनाएझैँ अहिले पनि लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि साझा प्रयास आवश्यक रहेको उनले बताए ।
प्रकाशित मिति : सोमबार, कार्तिक १६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्