काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको हो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। यसअघि सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ थियो
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार चाँदी प्रतितोला १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उच्च गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको हो।
पछिल्लो समय निरन्तर बढिरहेको सुनचाँदीको मूल्य एकै दिन उल्लेख्य घटेपछि बजारमा खरिदकर्तालाई केही राहत मिल्ने देखिएको छ।
प्रकाशित मिति : आइतबार, कार्तिक १५ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्