काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीको रिट निवेदन दर्ताको टुंगो आज लाग्ने भएको छ ।
बिहीबार रिट अध्ययनका लागि राखिएको थियो । सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार सर्वोच्च अदालत प्रशासनमा रिट पेस गरेका थिए ।
कार्कीको रिटमा सहजीकरण गरेका अधिवक्ता टीका कुँवरले बिहीबार अध्ययनका लागि प्रशासनमै राखिएको र दर्ता नभएको जानकारी दिएका थिए । “रिट बिहान साढे १० बजे नै पेस भएको थियो । मुख्य रजिस्ट्रारबाट आज (बिहीबार) अध्ययनका लागि रहने जानकारी आयो ।
सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको माग दाबी कार्कीको छ । सरकारको कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।
L
त्यसपछि एआईजी रहेका डा.मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरिएको छ । सरकारको निर्णय रोक्न कार्कीको माग छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्