बुटवल–१९ मा वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको नयाँ भवनबाट सेवा सुरु

बुटवल–१९ मा वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको नयाँ भवनबाट सेवा सुरु

बुटवल उपमहानगरपालिका वडा नं १९ को नवनिर्मित वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र भवनको नयाँ स्थानबाट सेवा शुभारम्भ गरिएको छ ।

वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको भवन रानीबारीमा शिलान्याश भएको १ वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी सेवा शुभारम्भ गरिएको हो । गत वर्षको पुस महिनामा शिलान्यस गरिएको भवनको बिहिबार एक कार्यक्रमको आयोजना गर्दै बाजागाजा,झाँकिसहित उद्घाटन गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै नवनिर्मित भवनबाट वडावासीलाई प्रविधि मैत्री , सहजरूपमा सेवा प्रवाह हुने बताउनु भयो ।

बुटवल उपमहानगरपालिकाले वडा नं १९ मा वडा कार्यालय भवन निर्माणका अलावा सडक, सिंचाइ, कृषि तथा स्वरोजगारमुलक सीपमूलक तालिमका लागि ठूलो धनराशि खर्च गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि त्यस्ता सहयोग प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो ।

उपप्रमुख सावित्रा देवी अर्यालले नवनिर्मित कार्यालयबाट जनताले सहजरूपमा सेवा प्राप्त गर्न सकेमात्र कार्यालय भवन निर्माणको औचित्य पुष्टि हुने भन्दै सोही अनुसार सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनु भयो । उपमहानगरपालिकाका पुर्वधार प्रमुख मोहनराज पौडलले नागरिक तथा अपांगमैत्री भवन निर्माण गरिएको र निर्धारित समयमा नै निर्माण सम्पन्न गरिएको जानकारी दिनु भयो । २ करोड ७३ लाख लागतमा वडा कार्यालय र ३५ लाख १० हजारको लागतमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएको वडा सचिव काफ्लेले जानकारी दिनु भयो । बुटवल उपमहानगरपालिका वडा नं १९ का अध्यक्ष चन्द्रसिं थापाले सुविधा सम्पन्न भवन निर्माण भएको बताउँदै सेवाप्रभाहलाई चुस्तदुरुष्त रुपमा अगाडि बढाउँदै सेवाग्राही मैत्री हुने बताउनु भयो । नयाँ भवनबाट नै सेवा प्रवाह सुरु गरिएको वडा सचिब मेघराज काफ्‌लेले जानकारी दिनु भयो । यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली,पुर्वाधार शाखा प्रमुख ई.मोहराज पौडेल,वडा सदस्य लक्ष्मी थारूलगायतले आ आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij