नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भैरहवा, नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले पार्टीको १५ औं महाधिवेशनअन्तर्गत विभिन्न तहमा सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । तिहार दीपावली, छठपर्व तथा नेपाल संवत्को अवसर पारेर मंगलबार भैरहवामा आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा वडा, नगर, प्रदेश, क्षेत्रीय तथा केन्द्रीय तहमा निर्विरोध र बहुमतसहित निर्वाचित नेता–कार्यकर्तालाई सम्मान गरिएको हो ।

क्षेत्रीय सभापति अधिवक्ता पुरन प्रसाद श्रेष्ठको सभापतित्व तथा पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय तहसम्म निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि खाणले पार्टीको आन्तरिक निर्वाचनबाट निर्वाचित नेता तथा कार्यकर्तालाई बधाई दिँदै सबैलाई समेटेर संगठनलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका चाडपर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य सुशील गुरुङले पार्टीको आन्तरिक निर्वाचनबाट निर्वाचित सबै तहका नेता तथा कार्यकर्तालाई बधाई दिँदै एकता, सहकार्य र जिम्मेवारीबोधका साथ संगठन सुदृढीकरणमा लाग्नुपर्ने बताउनुभयो ।

काँग्रेस रुपन्देहीका जिल्ला सभापति रामकृष्ण खाणले पार्टी संगठनलाई जनतासँग जोड्न तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउन सबै तहका नेता–कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका सभापति एवं क्षेत्रीय सभापति श्रेष्ठले निर्वाचित सबै पदाधिकारी तथा सदस्यलाई बधाई दिँदै प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले पार्टीलाई थप संगठित, एकताबद्ध र जनताप्रति उत्तरदायी बनाउन नेता–कार्यकर्ताबीच आपसी सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

प्रदेशसभा क्षेत्र नम्बर ३ क का सभापति उमाकान्त चापागाईंको स्वागत तथा क्षेत्रीय सचिव प्रेम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij