जनकपुरविरुद्ध लुम्बिनीको उत्कृष्ट जित

जनकपुरविरुद्ध लुम्बिनीको उत्कृष्ट जित

क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी काठमाडौँ, १९ कात्तिकः काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी (२० क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गर्दै आफनो अपराजित यात्रालाई निरन्तरता दिएको हो । पछिल्लो जितसँगै ४ खेलमा ७ अङ्क जोडेको लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

साविक विजेतासमेत रहेको लुम्बिनीले यसअघि पहिलो खेलमा सुदुरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेल बर्षाका कारण रद्द भएपछि चितवन राईनोजसँग अङ्क बाडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो ।

लुम्बिनीले जितको लागि दिएको १५० रनको लक्ष्य पन्छाएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियो ।

जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए । त्यस्तै सैफ हसनले २८ तथा आदित्य महताले ३० रनमा अविजित रहे । त्यस्तै त्रितराज दासले १८ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका बलर डिआर्सी शर्टले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । त्यस्तै शेर मल्ल र तिलक भण्डारीले समान २÷२ विकेट हात पारे भने रुबेन ट्रम्पेलम्यानले १ विकेट त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको थियो ।

लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१तथा रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए ।

बलिङतर्फ जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २÷२ विकेट लिए । त्यस्तै ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १÷१ विकेट हात पारे ।

यस हारसँगै पहिलो संस्करणको विजेता जनकपुरले ५ खेलमध्ये २ खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ । अहिले जनकपुरको ४ अङ्क छ ।

काठमाडौँ गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij