एनपीएलमा आज पनि दुई खेल : कर्णाली-सुदूरपश्चिम र चितवन-पोखरा भिड्द

एनपीएलमा आज पनि दुई खेल : कर्णाली-सुदूरपश्चिम र चितवन-पोखरा भिड्द

क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी काठमाडौँ, १९ कात्तिकः काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी (२० क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरः किरणराज विष्ट/रासस

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् । आज अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुदैछन्

जारी प्रतियोगितामा कर्णाली याक्सले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र अंक तालिकामा तेस्रो स्थानमा छ । त्यस्तै सुदूरपश्चिम रिय्ल्सले ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै आज साँझ ५ बजेदेखि हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन् ।

जारी प्रतियोगितामा चितवन राइनोजले ३ खेलमा एक जित र एक हार बेहोरेको छ भने एक खेल रद्ध भएको थियो । त्यस्तै पोखरा राइनोजले भने लगातार तीन हार बेहोरेको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij