तिलोत्तमा , तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ । विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा धनतेरस धुमधामका साथ मनाइन्छ ।
पछिल्ला केही वर्षयता देशका अरु ठाउँमा पनि धनतेरस मनाउने चलन शुरु भएको छ । धनतेरसमा बेलुकी घरघरमा दीपमालिका गरी धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर पूजा गर्ने परम्परा छ ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा आज धनतेरससँगै यमदीपदान गरिन्छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ । पर्सि २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ ।
कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ ।
यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसारको भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्