काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी थालेको छ । निर्वाचन आयोगको परामर्शपछि सरकार निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो ।
२०७९ वैशाखमा निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनअघि निर्वाचन हुनुपर्ने कानूनी व्यवस्था छ । २०७९ जेठ ५ गतेबाट अहिलेका जनप्रतिनिधिले काम थालेको मितिलाई गणना गर्दा चैत ५ सम्म निर्वाचन गर्न सकिने गरी आयोगले राय दिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल प्रेससँग कुरा गर्दै आयोगले स्थानीय तह निर्वाचनका लागि उपयुक्त मिति सरकारलाई सुझावका रुपमा दिइसकेको बताए ।
भट्टराईले भने- स्थानीय तह निर्वाचनका लागि १२० दिन (४ महिना) समय कानूनले भनेको छ । अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनाघि निर्वाचन गर्नुपर्ने भएकाले आयोगले चैतको मिति सुझाएको छ । अब सरकारले उपयुक्त मितिमा निर्वाचन घोषणा गर्छ ।
चैत ५ भित्र निर्वाचन गर्नका लागि सरकारले मंसिर पहिलो साता मन्त्रिपरिषद बैठकबाट मिति तोक्नुपर्ने हुन्छ । रास्वपा सभापति रवि लामिछाने फर्किसकेपछि प्रधानमन्त्रीले सल्लाह गरेर निर्वाचनको मिति तोक्ने बताइएको छ । आयोगले यसअघि नै निर्वाचनमा भाग लिने दलहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिइसकेको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक ३० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्