अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य

 

काठमाडौं । सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ ।

छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइएको हो । दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ ।

 

तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरिन्छ । यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–शहरका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन् ।

स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी र घाटहरूको सरसफाई गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन् । यसले गाउँ गाउँमा समेत छठ पर्वको रौनकतालाई बढाएको छ

प्रकाशित मिति : सोमबार, कार्तिक ३० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij