काठमाण्डौ – चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुक्खा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग आज पनि एकतर्फी सञ्चालनमा रहेको छ ।
हिजो बिहान पौने ४ बजेदेखि अवरुद्ध सडक झण्डै ४ घण्टापछि पौने ८ बजेतिर एकतर्फी खुलेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाअनुसार सडक दुईतर्फी नै खुलाउने काम भइरहेको छ ।
घोप्टेभीरमा आइतबार, सोमबार र मंगलबार लगातार पहिरो खसेपछि तिहार मनाउन आउजाउ गर्नेहरू समस्यामा परेका थिए । अस्ति दिउँसोपछि सडक खुले पनि फेरि हिजो बिहानै अवरुद्ध भएको थियो ।
मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई घोप्टेभीरको पहिरोले समस्यामा पार्ने गरेको छ । सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २६ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्